अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

muglin road sucharu

काठमाडौं, २० साउन । लगातारको वर्षासँगै आएको पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका–२ को घुमाउने भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएपनि सडक आंशिक रुपमा सञ्चालनमा आएको हो । विगत चारदिनदेखि नै उक्त स्थानमा पहिरो खसिरहेको छ । पहिरो हटाउँदै गाडी चलाउँदा यात्रु भने जोखिममा परेका छन् ।

यो सडकखण्डमा गाडी चलाउँदा सावधानी अपनाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । यसैबीच लगातारको वर्षापछि आएको पहिरोले पासाङल्हामु मार्गका विभिन्न स्थानमा अबरोध भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);