नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन । पहिरोका कारण अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

यसअघि शुक्रबार बिहान नारायणगढ–मुग्लिन सहकखण्डाको इच्छाकामना गाउँपालिकाको पाँचकिलो भन्ने स्थानमा माथिबाट पहिरो खस्दा सडह अवरुद्ध भएको थियो ।

झरीका कारण सडकको पहिरो पन्छाउने काममा केही ढिलाई भएपनि १० बजे पछाडिबाट दुबै तर्फ सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनहरु आ–आफ्नो गन्तव्यमा लागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);