पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

pahiro

काठमाडौं, ११ असार । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । जलवीरे, कालिखोला, चारकिलो लगायत स्थानमा पहिरो खसेका कारण सडक विहानैदेखि अवरुद्ध भएको हो ।

ट्राफिक प्रहरीले वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको भन्दै सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न सवारी चालकहरुसँग आग्रह गरेको छ ।

खासगरी चारकिलोमा खसेको पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण सडक केही दिन पहिले पनि अवरुद्ध भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);