चिरीबाबुले बजेट ल्याउन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चिरीबाबुले बजेट ल्याउन सकेनन्

chiribabu

ललितपुर, ११ असार । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले असार १० गतेभित्र स्थानीय सरकारले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने समयसीमा तोकेको छ। ललितपुर महानगरपालिकाले भने तोकिएको समयमा आफ्नो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न सकेन।

महानगरका मेयर चिरिबाबु महर्जनले कार्यपालिकामा सहमति हुन नसकेका कारण समयमा बजेट नआएको बताए। कार्यपालिका बैठकमा सहमति नभएका कारण बजेट प्रस्तुत हुन नसकेको हो’, मेयर महर्जनले भने, ‘बजेटको मस्यौदा बनिसकेको छ, पास हुन मात्रै बाँकी छ।’

आइतबारको बैठकमा कुनै सहमति नभएको र २५ गते नगरपरिषद् बस्ने निर्णय भएको महानगरपालिकाका १५ नम्बर वडाका अध्यक्ष सुदर्शन मि श्रले बताए। उनका अनुसार मेयर महर्जनले ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रूपैयाँको प्रस्तावित बजेट तयार गरेका छन्। ‘बजेट पास हुन बाँकी छ, मेयरले नै ऐनकानुन नमानेका कारण समस्या भएको हो’, मि श्रले भने। ललितपुरकै गोदावरी र महालक्ष्मी नगरपालिकाले भने आइतबार आफ्नो बजेट प्रस्तुत गरेका छन्।

भौगोलिक हिसाबले सबैभन्दा ठूलो नगरपालिका गोदावरीले आर्थिक वर्ष ०७५/०७६ का लागि ७८ करोड २२ लाख १५ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। गोदावरी नगरपालिकाले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद विकास, सांस्कृतिक सम्पदा संरक्षण लगायतका योजनालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी मेयर गजेन्द्र महर्जनले दिए।

उनका अनुसार संघीय सरकारबाट प्राप्त ५८ करोड ८७ लाख १५ हजार, प्रदेश सरकारबाट तीन करोड, जिल्ला समन्वय समितिबाट पाँच करोड, आन्तरिक आयबाट ११ करोड र सडक बोर्डबाट ३५ लाख गरेर जम्मा ७८ करोड २२ लाख १५ हजार रूपैयाँको बजेट प्रस्तुत भएको हो। त्यस्तै महालक्ष्मी नगरपालिकाले ५७ करोड ९४ लाख रूपैयाँको बजेट आइतबार नै प्रस्तुत गरेको छ। नगरपालिकाले संसदीय शैलीमा बजेट पेस गरेको बताउँदै मेयर रामेश्वर श्रेष्ठले भने, ‘सरकार भएपछि संसदीय पद्धति अभ्यास गर्नुपर्छ।’

उनले बजेटमा सोमबार छलफल हुने र छलफलमा न्यायिक सदस्यहरूको राय बुझेपछि बजेट थपघट हुन सक्ने बताए। श्रेष्ठका अनुसार महालक्ष्मी नगरपालिकाको बजेट पूर्वाधारमा केन्द्रित छ। उनले भने, ‘पूर्वाधारलाई मात्रै १८ करोड १७ लाख १६ हजार विनियोजन गरेका छौं।’ सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका भौतिक पूर्वाधारलाई समेटेको भनाइ उनको थियो।

उनले आन्तरिक स्रोतबाट २२ करोड ५४ हजार अनुमानित लक्ष्य उठाउने, केन्द्रीय वित्तीय समानीकरणबाट १७ करोड ३३ लाख, राजस्व बाँडफाँडबाट ७ करोड ४५ लाख ५१ हजार, ससर्त अनुदानबाट ११ करोड १५ लाख रहेको बताए। चालु खर्चमा २९ करोड १९ लाख ९३ हजार छ भने पुँजीगत खर्च २८ करोड ७४ लाख १२ हजार रहेको बताए। प्रदेश सरकार तथा केन्द्रीय सरकारबाट आउने रकमले बजेट आकार बढ्न सक्ने श्रेष्ठको भनाइ छ।

गोदावरी नगरपालिका – ७८ करोड २२ लाख १५ हजार

महालक्ष्मी नगरपालिका – ५७ करोड ९४ लाख

ललितपुर महानगरपालिका – ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार (प्रस्तावित, पेस नभएको), आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);