चीनको माउन्ट ताईका कठिन उकालो चढ्न प्रतिष्पर्धामा उत्रिए रोबोट | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

चीनको माउन्ट ताईका कठिन उकालो चढ्न प्रतिष्पर्धामा उत्रिए रोबोट

चीनको शान्दोङ प्रान्तस्थित प्रसिद्ध माउण्ट ताईका कठिन र उबडखाबड पहाडी बाटो चढ्न रोबोटहरू प्रतिष्पर्धामा उत्रिएका छन् । ‘वल्र्ड रोबोट माउन्ट ताई क्लाइम्बिङ कम्पिटिसन’ मा करिव ९० टोली सहभागी भएका थिए । प्रतियोगितामा मानव आकृतिका रोबोट, रोबोटिक कुकुर तथा मानिसलाई हिँडडुल गर्न सहयोग गर्ने पावरयुक्त एक्सोस्केलेटनहरू सहभागी थिए । उनीहरूले पहाडका कठिन उकालो, असमान बाटो र चुनौतीपूर्ण भौगोलिक अवस्थाको सामना गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रतियोगिताले रोबोट प्रविधिको विकास, कठिन भूभागमा काम गर्न सक्ने क्षमता तथा मानिसलाई सहयोग गर्ने प्रविधिको सम्भावना प्रदर्शन गरेको छ ।

Leave a Reply