चिनियाँ टेलिभिजनमा अब रोबोटले समाचार पढ्ने (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिनियाँ टेलिभिजनमा अब रोबोटले समाचार पढ्ने (भिडियो सहित)

chinese news reporter

एजेन्सी, ४ मंसिर । रोबोट विज्ञानको आधुनिक प्रविधि हो । पछिल्लो समय चीनले समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको छ । सत्य सुचना प्रदान गर्न समाचार वाचकको भुमिका महत्वपुर्ण हुन्छ । यद्यपी चीनको सरकारी समाचार संस्था सिन्ह्वाले चौबिसै घण्टा समाचार सम्प्रेषण गर्न सक्ने रोबोट सार्वजनिक गरेको छ ।

मानिसमा हुने सम्पुर्ण विशेषता भएको भनि विश्वभर चर्चा पाएको सोफिया एक रोबोट हो । उनलाई साउदी अरेबियाले नागरिकता समेत प्रदान गरेको छ । त्यसैले पछिल्लो समय रोबोटले घर बनाउने, रेष्टुरेण्ट सञ्चालन लगायत मानिसले जस्तै विभिन्न किसिमका कामहरु गर्ने गरेको पाइन्छ । फेरि रोबोट बारे अर्को चर्चा भएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसै घण्टा समाचार सम्प्रेषण गर्न सक्ने रोबोट सार्वजनिक गरेको छ । पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत सिन्ह्वाले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ सहितको समाचार वाचक सार्वजनिक गरेको हो ।

अंग्रेजी भाषाको समाचार बुलेटिन रोबोटिक आवाजमा कम्प्युटर जेनेरेटेड होस्टले गरेका हुन । अंग्रेजी बोल्ने समाचार वाचक रोबोटले सुट र टाइ लगाएको छ भने उ सिन्ह्वाका समाचार वाचक हाङ्ग योएजस्तै देखिन्छ ।

यस्तै चिनियाँ भाषाको समाचार वाचक पनि सार्वजनिक गरिएको छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राविधिक विकासको नयाँ नमुना भनेका छन् । सिन्ह्वा र चिनियाँ सर्च इन्जिन कम्पनी सोगोयुले बनाएको समाचार वाचकले मानिसको आवाज, अनुहारको हाउभाउ र शारीरिक भाव प्रस्तुत गर्न सक्छ । साथै व्यवसायिक समाचार वाचकले जस्तै भिडियो ब्रोडकास्ट गर्न तथा समाचार पढ्न जान्ने समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

समाचार उत्पादनमा लाग्ने खर्च कम गर्न तथा दक्षता बढाउनका लागि रोबोट समाचार वाचकलाई आफ्नो वेब साइट र सामाजिक सञ्जालमा प्रयोग गरिने सिन्ह्वाले उल्लेख गरेको छ । यो सँगै विश्वमा विस्तारै मानिसको अस्तित्व रोबोटले स्थापित गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);