रुसको पहिलो मानवाकृत रोबोट अन्तरिक्ष केन्द्रमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रुसको पहिलो मानवाकृत रोबोट अन्तरिक्ष केन्द्रमा

russia sends humanoid robot

एजेन्सी, १० भदौ । रुसले मंगलबार पहिलो मानवाकृत रोबोट सफलतापूर्वक अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याएको छ । गत साता रुसको यो अभियान असफल भएको थियो ।

फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झै यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने काम गर्दछ । उक्त रोबोटले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ । रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पु¥याएको जनाएको छ ।

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ । सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पुर्याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६सय ७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो । तर प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);