चीनले निर्माण गरिरहेको अन्तरिक्ष केन्द्रमा तीन जना चिनियाँ अन्तरिक्ष यात्रीलाई पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनले निर्माण गरिरहेको अन्तरिक्ष केन्द्रमा तीन जना चिनियाँ अन्तरिक्ष यात्रीलाई पठायो

एजेन्सी । चीनले निर्माण गरिरहेको अन्तरिक्ष केन्द्रमा तीन जना चिनियाँ अन्तरिक्ष यात्रीलाई पठाएको छ ।

जियूकान स्याटेलाइट लन्च सेन्टरबाट बिहीबार मार्च–२ एफ रकेटले चिनियाँ अन्तरिक्षयात्री चढेको सेन्झोउ–१२ यानलाई अन्तरिक्ष केन्द्रका लागि सफल प्रक्षेपण गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तरिक्ष केन्द्रमा पठाइएका चिनियाँ अन्तरिक्षयात्रीहरुमा ५६ वर्षीय निह हाइसङ,५४ वर्षीय लिउ बोमिङ र ४५ वर्षीय थङ हङ्बो हुनुहुन्छ । हाइसङ यसअघि सेन्झोउ–६ र सेन्झोउ–१० मिसनमा काम गरिसकेका अनुभवी चिनियाँ अन्तरिक्षयात्री हुनुहुन्छ ।

बोमिङ सेन्झोउ–७ मिसनमा सहभागी भइसकेो भएपनि थङको यो पहिलो अन्तरिक्ष उडान हो । उनीहरु त्यहाँ ३ महिना बसेर अन्तरिक्ष अन्वेषणसम्बन्धीका कामहरु गर्ने बताइएको छ ।

उनिहरु निर्माणाधीन अन्तरिक्ष केन्द्रमा विभिन्न गतिविधि गर्ने तथा केन्द्रको कक्ष मर्मतसम्हार गर्नेछन् । चीनले पछिल्लो ५ वर्षमा पहिलो पटक अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पठाएको हो । चीनले अन्तरिक्ष केन्द्र स्थापनाका लागि गरिएको यो तेस्रो प्रक्षेपण हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);