हङकङमा सुरक्षाकर्मीद्वारा पत्रिकाको कार्यालयमा छापा, प्रधानसम्पादकसहित पाँच जना नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

हङकङमा सुरक्षाकर्मीद्वारा पत्रिकाको कार्यालयमा छापा, प्रधानसम्पादकसहित पाँच जना नियन्त्रणमा

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रजातन्त्र पक्षधर मानिएको एक पत्रिकाको कार्यालयमा ५ सय सुरक्षाकर्मीले छापा मारेका छन् ।

राष्ट्रिय सुरक्षासम्बन्धि कानून उल्लंघन गरेको आरोप लगाउँदै प्रजातन्त्र पक्षधर पत्रिका एपल डेलीको कार्यालयमा बिहीबार छापा मारिएको हो । प्रहरीले पत्रिकाका प्रधान सम्पादक सहित चार जना कार्यकारीलाई पनि उनीहरुको घरबाटै नियन्त्रणमा लिएको छ ।

पत्रिकासँग सम्बन्धित अरु तीन कम्पनी सहितको २३ लाख अमेरिकी डलर रकम पनि रोक्का गरेको छ । चीन सरकारका नीति र नेतृत्वको आलोचक मानिने पत्रिकाका मालिक जिम्मी लाई भने यसअघि नै नियन्त्रणमा लिएर जेल पठाइएको छ ।

हङकङ र मुख्यभूमि चीनविरुद्ध नाकाबन्दी गर्न माग गर्दै सन् २०१९ देखि पत्रिकामा ३० वटा आर्टिकल छापेको आरोप प्रहरीले लगाएको छ । गत वर्ष राष्ट्रिय सुरक्षा ऐन ल्याएयता हङकङमा दर्जनौं अधिकारवादीलाई पक्राउ गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन भने पाँच जना पक्राउ गरिएको स्वीकारेको छ । प्रहरीले पत्रिकाको कम्प्युटर लगायतका सामग्री जफत गरेको छ । एक वर्षभित्र एपल पत्रिकामा छापा मारिएको यो दोस्रो पटक हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);