हङकङमा प्रजातन्त्र पक्षधर पत्रिकाका मालिक जिमी लाइ चियिङ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हङकङमा प्रजातन्त्र पक्षधर पत्रिकाका मालिक जिमी लाइ चियिङ पक्राउ

एजेन्सी, २६ साउन । हङकङ प्रहरीले पजातन्त्र पक्षधर पत्रिका एप्पलका मालिक जिमी लाइ चियिङलाई पक्राउ गरेको छ । नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत जिमी, उनका दुई छोरा र एप्पलका बरिष्ठ कार्यकारीहरूलाई सोमबार पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागूगरेपछि प्रहरीले अहिलेसम्म सात जनालाइ पक्राउ गरि सकेको छ भने थप अरूलाई पनि हिरासतमा लिन सक्ने बताइएको छ । पत्रिकाको मुख्यालयमा छापा हान्न दुई सयभन्दा बढी प्रहरीको टोली पुगेको थियो। उनीहरूले सम्पादकीय विभाग र संवाददाताहरूसंग भने सोधपुछ नगरेको अधिकारीहरूले बताएका छन् ।

जिमीलाई भने प्रहरीले उनकै निवासबाट पक्राउ गरेको बताइएको छ । जिमीका एक छोरामाथि विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको आरोप छ भने अर्कालाई धोकाधडी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पत्रिकाका अरू कर्मचारीलाई विदेशीसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको आरोप छ । प्रजातन्त्र पक्षधर ७१ वर्षीय जिमीले हङकङमा चीनले हस्तक्षेप गरेको भन्दै निरन्तर आलोचना गरिरहन्थे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);