न्यूजिल्याण्ड गोली काण्डका एक आरोपी अदालतसमक्ष प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

न्यूजिल्याण्ड गोली काण्डका एक आरोपी अदालतसमक्ष प्रस्तुत

newzealnd shooter

एजेन्सी, २ चैत । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा आक्रमण गरी ४९ जनाको हत्यामा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई अदालतमा उपस्थित गराइएको छ ।

अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्टलाई न्यूजिल्यान्डको पुलिसले हत्याको आरोपमा अदालतमा उपस्थित गराएको हो । उनीमाथि थप अभियोग लगाउने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डनले पक्राउ परेका अभियुक्तले घटना गराउन पाँच वटा बन्दुकको प्रयोग गरेको बताएका छन् । ती व्यक्तिसँग बन्दुकको लाइसेन्ससमेत रहेको बताइएको छ ।

प्रधानमन्त्री अर्डनले बन्दुक राख्नेसम्बन्धी कानुनसमेत परिवर्तन गर्ने बताए । उनले हमला सुनियोजित रुपमा भएको दाबीसमेत गरे । अन्धाधुन्ध गोली प्रहारको घटनामा संलग्न भएको आशंकाका तीन जना पक्राउ परेका छन् । तर पक्राउ परेका अन्य दुई जनामाथि भने अनुसन्धान भइरहेको छ । उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

यसअघि उनीहरु कुनै पनि आपराधिक घटनामा संलग्न भने नरहेको देखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका अन्य एक हतियारधारी व्यक्तिलाई भने प्रहरीले रिहा गरेको छ ।उनको साथबाट फेला परेको हतियार प्रहरीलाई सहयोग गर्न प्रयोग भएको पुष्टि भएपछि उनलाई रिहा गरिएको हो ।

यसैबीच न्यूजिन्याड सरकारले आक्रमणको निन्दा र शोक व्यक्त गर्न आज राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।सरकारले शहरमा हुने सबै खेलकुद र मनोरन्जनका कार्यक्रमसमेत रद्द गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);