तनहुँमा शिकार खेल्न हिँडेका युवकको गाेली लागेर मृत्यु, एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तनहुँमा शिकार खेल्न हिँडेका युवकको गाेली लागेर मृत्यु, एक जना पक्राउ

तनहुँ । तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो । 

शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए । 

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’  खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ । दुई जना मात्र शिकार खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ  । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);