दाङमा भाईले चलाएको बन्दुकको गोली लागेर दाईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

दाङमा भाईले चलाएको बन्दुकको गोली लागेर दाईको मृत्यु

death

दाङ, २९ माघ । दाङमा भाईले चलाएको बन्दुकको गोली लागेर दाईको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका २ का ३९ बर्षीय ईन्द्र बहादुर राना थापामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधवार दिउँसो करिब साढे २ बजेतिर वडा न. २ को चिमचिमे तिलतिले डाडाँमा सिकार खेल्न गएको बेला २७ बर्षीय सुर्य बहादुर राना थापामगरले बदुक फायर गर्दा गोली ईन्द्र बहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

भरुवा बन्दुक बोकी दुई भाई सिकार खेल्न जंगलमा गएको अवस्थामा भाई सुर्य बहादुरले गोली फायर गर्दा दाई ईन्द्र बहादुरको बाँया हातको काखी मुनि गोली लागी घटनास्थलमै मुत्यु प्रहरीले जनाएको छ ।

प्रहरीले एक नाल भरुवा बन्दुकसहित सुर्य बहादुरलाई नियन्त्रणमा लिई मूलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जनाएको छ । साथै, मृतकको सवलाई पोष्टमार्टमको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);