बाघको छाला सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

बाघको छाला सहित २ जना पक्राउ

दाङ, १२ फागुन । दाङमा प्रहरीले प्रतिबन्धित बाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान बाँगचौर नगरपालिका ९ का २९ बर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका १५ का ३७ बर्षीय ईन्द्र बहादुर थापा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलवार विहान करिब २ बजेतिर प्रतिबन्धित बाघको छाला ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका ४ गोठिखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालाले जानकारी दिनुभयो ।

शंकास्पध रुपमा रा १ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट तुलसीपुर तर्फ आउदँै गरेका उनीहरुलाई प्रहरी सोधपुछ गरी खानतलासी गर्दा उनीहरुको साथबाट कालो झोलामा लुकाइ राखेको पुच्छरको भाग देखि टाउँको सम्मको ४ फिट ५ इञ्च लम्बाइ १ फिट चौडाई अगाडीको दुबै खुट्टा २ फिट २ इञ्च लम्बाइ , पछाडीको दुबै खुट्टाको ३ इञ्च ३ फिट लम्बाई र पेटको भाग १ फिट ११ इञ्च रहेको छाला बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जनाएको छ । त्यसैगरी दाङ प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १९ बर्षीय ओसिम खान र सोही ठाउँका १८ बर्षीय बरुण कुमाल रहेको प्रहरीले जनाएको छ ।

कपिलबस्तुको शिबराज नगरपालिका ३ का ३० बर्षीय बिक्रम केसीको लु १८ प ९५०४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र राप्ती गाउँपालिका २ का गिरीराज भुसालको बा८३प ७६७५ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई घोराही उपमहानगरपालिका १४ बसपार्कबाट मंगलबार दिउँसो २ बजे नियन्त्रणमा लिएको प्रवक्ता रिजालले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);