देश/समाज

फिफाबाट एन्फाको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको छः मन्त्री पोखरेल

काठमाडौँ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषद्ले निर्देशन दिएको उल्लेख गर्नुभयो । परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र कार्यसमितिको चैत १२ गतेको निर्णयअनुसार एन्फालाई निलम्बन गरिएको मन्त्री पोखरेलकको भनाइ छ । उहाँले परिषद्को सोही निर्देशनलाई तेस्रो पक्षले हस्तक्षेप गरेको भनी फिफाको निलम्बनमा परेको बतउनु भयो । उहाँले निलम्बनपछि नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन नभएको पनि सभालाई जानकारी गराउनु भयो । उहाँले मुलुकको सामुदायिक शिक्षामा सुधार गर्न समेत सरकार लागि परेको बताउनुभएको छ । उहाँले विद्यालय शिक्षामा रहेका समस्या समाधानको लागि सरोकारवालाहरुको सुझाव समेत समेटेर शिक्षा ऐन जारी गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।मन्त्री पोखरेलले शिक्षक अभाव, दरबन्दी मिलानसम्बन्धमा समेत सरकार गम्भीर रहेको बताउनु भयो ।

Related Post
Share

This website uses cookies.