कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी ग्यास अभावको मुख्य कारणः सरकार | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी ग्यास अभावको मुख्य कारणः सरकार

काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको अभावको समस्याबारे सरकारले आपूर्ति प्रणालीसँग जोडिएका बहुआयामिक कारणबारे विश्लेषण गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री साहले यस्तो बताउनुभएको हो । उहाँले बजारमा ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो । उहाँले उहाँले ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी पनि गर्नुभयो । ग्यास अभावको समस्याको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उहाँले जानकारी दिनुभयो । उक्त विश्लेषणले ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव रहेको देखाएको मन्त्री साहको भनाइ छ ।

उहाँकाअनुसार ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएका छन् । यी विद्यमान कारणका कारण माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको उहाँले बताउनु भयो । उहाँले ग्यसाको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमीले समेत ग्यास आपूर्ति व्यवस्थापनमा बताउनु भयो । उहाँले ग्यास आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाउन सबै शक्ति परिचालन गरिरहेको पनि बताउनु भयो । –

Leave a Reply

ताजा समाचार