दाङमा कस्तुरीको बिना र चितुवाको छाला सहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दाङमा कस्तुरीको बिना र चितुवाको छाला सहित ५ जना पक्राउ

pakrau

दाङ । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु (कस्तुरी) को विना सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ७ का ३३ वर्षीय मोहन बूढा र प्यूठानका प्यूठान नगरपालिका १ का २२ वर्षीय मदन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही १५ शहीद गेट स्थित होटल टुडे प्लाजामा प्रतिबन्धित बन्यजन्तु (कस्तुरी) को विनाको बिक्री हुन लागेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट खटिएको प्रहरीले आइतबार दिउँसो करिब ४ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार उनीहरू बसेको होटलको कोठा चेकजाँच गर्दा उनीहरु लुकाइ छिपाइ राखेको अवस्थामा ३१ ग्राम २०० मिलिग्राम कस्तुरीको बिना फेला परेको थियो । त्यस्तै दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु ९ चितुवा ० को ३ वटा छाला सहित बैतडीका ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका ६ का २० वर्षीय विमल औजी, सोही ठाउँका २८ वर्षीय प्रदिप कुमार बिक र २० वर्षीय हेमन्त औजी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूलाई शनिवार दिउँसो करिब सवा ४ बजेतिर लमही नगरपालिका ९ बाट पक्राउ गरिएको प्रवक्ता रिजालले जानकारी दिए ।

उनका अनुसार बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ प्रतिबन्धित बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिप्रका दाङ र इलाका प्रहरी कार्यालय अमिलियाको संयुक्त प्रहरी टोलीले लमही ९ बाट चितुवाको छाला पक्राउ गरेको हो ।

लमहीतर्फ आइरहेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई चेकजाँच गर्दा पुच्छरदेखि टाउको सम्म ७ फिट ६ इन्च लम्बाइ भएको १ वटा र टाउको देखि पुच्छरसम्म २ फिट ८ इन्च लम्बाइ भएको २ वटा गरी ३ वटा फेला परेको प्रहरीले जनाएको छ । साथै पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);