रेडपान्डाको छालासहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रेडपान्डाको छालासहित २ जना पक्राउ

दाङ । दाङमा प्रहरीले सुर्खेत र जाजरकोटका २ जना ब्यक्तिलाई प्रतिबन्धित बन्यजन्तु रेडपान्डाको छालासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका ८ का ५६ वर्षीय नर बहादुर बस्नेत र जाजरकोट जुनीचाँदे गाउँपालिका ७ का ४८ वर्षीय डिल बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान करिब ८ बजेको घोराही उपमहानगरपालिका १६ गरुवाबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार रेडपान्डाको छाला बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले उनीहरूलाई पुच्छर देखि टाउकोसम्म २ फिट १० इन्च लम्बाइ भएको नङ्ग्रा सहितको रेडपान्डाको १ छाला थान सहित पक्राउ गरिएको हो ।

त्यस्तै उनीहरूको साथबाट काइनेटिक टल्कने ढुङ्गा सानो ठुलो गरी ३२ पिस समेत बरामद भएको र उनीहरु माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);