१ सय ६९ किलो गाँजासहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

१ सय ६९ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ६९ किलो लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट बारा जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्बरको भरतीय ट्रकलाई चेकजाँच गर्दा १ सय ६९ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३० बर्षका रविन्द्र राय र ३१ बर्षका मुक्तार सैफिक रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गाँजा कहाँबाट ल्याएको र कहाँलैजान लागेको भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);