२४ किलो गाँजासहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२४ किलो गाँजासहित ५ जना पक्राउ

gaja
काठमाडौं,२ पुस । अवैध लागूऔषध गाँजा करिब २४ किलो ६ सय ३० ग्रामसहित ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १र१ जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई करिब ११ किलो १ सय १ सय ८० ग्राम गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।
यसैगरी पक्राउ पर्नेमा उदयपुर, बेलका नगरपालिका(९ भचुवा बस्ने २१ वर्षीय रबिन राई छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी पक्राउ पर्नेमा म्याग्दी, रघुगंगा गाउँपालिका(३ मौवाफाट बस्ने ४६ वर्षीय गोपाल दर्जी रहेका छन् । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ४ सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका(३ काभ्रेबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);