भरूवा बन्दुक र बारूदसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भरूवा बन्दुक र बारूदसहित २ जना पक्राउ

रूपन्देही,२ पुस । भरूवा बन्दुक र बारूदसहित दुई जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही नगरपालिका–१० चरङगे बस्ने ४२ वर्षीय दिपक परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);