एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित पक्राउ

बाँके,२४ साउन । एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित पक्राउ परेका छन् । कोहलपुर नगरपालिका१३ सिम्री बस्ने २८ वर्षीय लाल बहादुर पचलैयालाई एकनाले भरूवा बन्दुक र जरायोको सिङ १ जोडीसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

लाल बहादुरले सोही ठाउँ बस्ने वीर बहादुर वलीको घरमा पालेको कुकुरलाई बन्दुकले मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले लाल बहादुरको घर तलासी गर्दा उक्त बन्दुक र सिङ फेला पारी पक्राउ गरेको हो ।

साथै कोहलपुर नगरपालिका(१३ सिम्री बस्ने शेर बहादुर खत्रीको घरबाट समेत एकनाले भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);