आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सल्यान । सल्यानमा आफ्नै आमाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);