आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

कैलाली । आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ गरेका छन् ।

७१ वर्षीया लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगनीको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply