बैंकिङ कसूर मुद्दाका ३ फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

बैंकिङ कसूर मुद्दाका ३ फरार अभियुक्त पक्राउ

काठमाडौं, १८ माघ । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका–३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका–११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका–६ घर भएका ४२ वर्षीय राज कुमार लामा रहेका छन् । प्रहरीले उनीहरूमध्ये रोसनलाई ललितपुर टिकाथलीबाट, गौतमलाई भक्तपुर वंशगोपालबाट र राज कुमारलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउमध्ये रोसनलाई उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले ४ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना सजाय, गौतमलाई २०७९ मंसिर २३ गतेको फैसलाले ८ दिन कैद र २२ लाख रूपैयाँ जरिवाना सजाय तथा राज कुमारलाई २०७९ कात्तिक २५ गतेको फैसलाले १० दिन कैद र १८ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो । पीडितलाई आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनीहरू उपर उक्त फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको लागि रोसन र गौतमलाई जिल्ला अदालत भक्तपुरमा र राज कुमारलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको जनाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);