बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ 

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका–८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसी छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरेको हो । पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका  थिए ।

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);