अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ 

काठमाडौं। कास्की र बाँकेबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–३२ मझुवाबाट १ केजी ५ सय ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जना छन् । उनीहरुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा   हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो। बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका सञ्चालक धनपति सुवेदीलाई १७० मिलिग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १३० मिलिग्राम र सोही नगरपालिका–५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);