अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–९ अमिलिया चोकबाट ६ केजी ३६० ग्राम चरेससहित घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी दाङकै गढवा गाउँपालिका–१ कालाकाटेबाट करिब १४४ ग्राम खैरो हेरोइनसहित कपिलवस्तु ओदारी गाउँपालिका–९ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–१३ तेलिबारी फुलबासा चोकबाट १२ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ४३ वर्षीया भारती राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । धादिङको गल्छी गाउँपालिका–४ मासटारस्थित प्रतिक्षालयबाट करिब ३५ केजी गाँजासहित गजुरी गाउँपालिका–८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);