छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकबाट एक ग्राम खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिका–२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट स्पास्मो ४६ ट्याब्लेट, एन्टीकप १८ ट्याब्लेट, प्रि वेल ९५ ट्याब्लेट, सुनको मंगलसुत्र १ थान, चाँदीका विभिन्न सरसामान र नगद ७४ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध, सामानहरू र नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ हिलेखालीबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने दैलेख घर भएका ३१ वर्षीय रबिन शाहीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट ९ केजी गाँजासहित गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ३० वर्षीय ललित तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले प्र.३–०२–०११ प ४९३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछ एवं अनुसन्धानको क्रममा घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ आडा लाइनबाट १ ग्राम ५ सय  मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३२ वर्षीय निश्चल बुढाथोकीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ जिरी टोलबाट ६ सय मिलिग्राम ब्राउनसुगर,  नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ चक्की र स्पासपेन ८५ चक्की सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मिलन बहादुर भण्डारी र २० वर्षीय अभिशेक लिम्बु रहेका छन् । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी ६१ बोतल सहित भारत घर भएकी ३५ वर्षीया उमा देवी धानुकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);