विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार पक्राउ   | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार पक्राउ  

arrested

काठमाडौं। पर्सा र भक्तपुरबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्साको वीरगंज महानगरपालिका–१७ आइसीपी गेटस्थित घुम्ती पसलबाट करिव एक केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ६५ वर्षीय सुन्दर देव दास रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । पर्साको छिपरमाई गाउँपालिका–५ कवरगाहस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय रोहित कुमार सोनार छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट  नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल नुर्फिन र ३ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको स्कुटरलाई प्रहरी चौकी भिष्वाबाट खटिएको प्रहरीले जाँच गरेको थियो । सोही क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी  प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ७२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१४ घर भएका २१ वर्षीय सुजन खड्का र उनकी श्रीमती १९ वर्षीया बिनिशा खड्का रहेका छन्।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूको डेरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);