विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ 

काठमाडौं। काठमाडौं, कास्की, मोरङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ८ सय ग्राम गाँजा र नगद २० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं जडिबुटी बस्ने ३३ वर्षीय अविनाश राज भण्डारी लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–१० अम्मरसिंह चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका–१ बस्ने ३१ वर्षीय नगेन्द्र थापा लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।उनीहरुको साथबाट नुर्फिन५६ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्जबाट बागलुङतर्फ जाँदै गरेको ना.८ ख ९२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट १ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ३४ वर्षीय सन्तक कुमार खड्का छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका–२ ढाडेबाट १० केजी चरेशसहित सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);