अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ

काठमाडौं। सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट ४३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। सिरहाको सखुवानान्करकट्टी गाउँपालिका–५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली एक थान सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका–४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले स.११ प ५७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध र गोली फेला पारी पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट १ ग्राम ९ सय ३० मिलिग्राम ब्राउन सुगरसहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्र्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);