बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौं। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। उच्च अदालत पाटन ललितपुरले विभिन्न मितिमा उनलाई ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

Leave a Reply

ताजा समाचार