बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०७९, आइतबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।  बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट  खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी  परिसर टेकु पठाइएको छ ।

Leave a Reply