बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ      | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८३, बुधवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ     

भक्तपुर। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरले बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा उनलाई १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ।

Leave a Reply