स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए

स्याङजा। वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ-१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए। सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);