घरबाट काठमाडौं हिडेका भण्डारी वेगनास तालमा मृत भेटिए | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

घरबाट काठमाडौं हिडेका भण्डारी वेगनास तालमा मृत भेटिए

काठमाडौं, २५ वैशाख । पोखरामा एक युवा मृत अवस्थामा फेला परेका छन् । पोखरा बेगनासतालमा विराटनगर राजवंशी चोकका अनुप भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।

उनी पराराष्ट्र मन्त्रालयको राहदानी विभागमा कार्यरत थिए । ३१ वर्षीय भण्डारीको शव आज बिहान फेला परेको हो । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तालको डुंगाघाट भन्दा ४/५ सय मिटर पर तालमा शव परेको हो । उनको झोलाबाट पैसा,मोबाइल, औषधी समेत बरामद भएको छ ।

काठमाडौंका लागि घरबाट आइतबार बिहान हिडेका थिए । उनी काँडाघारी अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । उनी सौर्य एयरको फ्लाइटमा पोखरा पुुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);