कञ्चनपुरमा वडाध्यक्ष रोकाया झुण्डिएको अवस्थामा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कञ्चनपुरमा वडाध्यक्ष रोकाया झुण्डिएको अवस्थामा मृत फेला

suicide

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको शव झुण्डिएको अवस्थामा भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

बिहान ७ बजे मन्दिर जान्छु भनी हिडेका उनीले ८:१५ मा जेठा छोरालाई कल गरेर म केहिछिनमा आउछु भनेको पिडित परिवारले जनाएका छन् ।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मृतक वडाधयक्षको घरबाट २ सय मिटरको दुरीमा रहेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीको टिम घटना स्थल पुगेर मुचुल्का उठाइ रहिरहेको छ । घटनाको थप विवरण आउन बाकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);