धनुषाको थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा कैदीबन्दीको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

धनुषाको थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा कैदीबन्दीको शव फेला

कैलाश दास ,
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा एकजना कैदीबन्दीको शव फेला परेको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रवि रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालय भित्र झुण्डिएको अवस्थामा शुक्रबार फेला परेको हो ।

शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले रविदासले पासो लगाई आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ । बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डेको अवस्थामा शव फेला परेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

भाइसँगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धारौटीमा छाड्न आदेश दिएको थियो ।

आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका रविदास शौचालयमा पासो लगाई आत्महत्या गरेको प्रहरीको भनाई छ ।

परिवारजनले पल्टुको हत्या भएको दावी गर्दै घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मृतक पल्टुको एक छोरा र दुई छोरी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);