प्रदेश २ मा सबैभन्दा बढि हिंसा दलित समुदाय माथि, सुरक्षा निकायमै असुरक्षित महशुस गर्छन् दलित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रदेश २ मा सबैभन्दा बढि हिंसा दलित समुदाय माथि, सुरक्षा निकायमै असुरक्षित महशुस गर्छन् दलित

कैलाश दास,
धनुषा । प्रदेश नंं २ मा दुई वर्षको अवधिमा सबभन्दा बढी हत्या, हिंसा, बलात्कार तथा विभेदमा दलित समुदाय नै परेको देखिन्छ ।

असुरक्षित नागरिकलाई सुरक्षा दिने निकायको रुपमा रहेको प्रहरी प्रशासन हो । तर प्रहरी हिरासतमा तीनजनाको मृत्यु हुँदा दलित समुदायहरु सुरक्षा निकायबाट पनि असुरक्षित ठान्न लागेको छ ।

प्रदेश नं. २ मा दुईवर्षको भित्रमा तीनजना दलित समुदायका युवाहरुको प्रहरी हिरासतमा मृत्यु भयो । तर अहिलेसम्म न्याय पाउन सकेको छैन । २०७७ जेठ २८ गते धनुषाको सबैला नगरपालिकाको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा शम्भु सदाको झुण्डिएको अवस्थामा शव फेला पर्यो ।

२०७७ भदौ १० गते सप्तरीको गरुडा नगरपालिका बस्ने विजय राम महरालाई प्रहरीले आफ्नो हिरासतमा राखेर कुटपिट गर्दा उनको मृत्यु भयो । त्यसैगरी २०७८ साउन १८ गते धनुषाको लक्ष्मीनिया गाउँपालिका बस्ने पल्टु रविदासको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा शव फेला पर्यो ।

दलित अभियन्ता रामेश्वर महरा भन्छन्, : ‘प्रहरी हिरासतमा यसरी मृत्यु हुँदा दलित समुदायहरु आफू असुरक्षित रहेको महशुस गरिरहेका छन् । ’

कोभिड १९ लाई न्यूनिकरण गर्नका लागि सरकारले बन्दाबन्दी गर्यो । तर ती बन्दाबन्दी दलित समुदायको लागि श्राप नै सावित भयो । बन्दाबन्दी अवधिमा अन्य वर्गलाई रोगको चिन्ता थियो भने दलित समुदयालाई भोख र इज्जात जोगाउन गाह्रो भयो ।

दुई वर्षको अवधिमा ३२ वटा दलित समुदायमाथि बलात्कार, हत्या, हिंसा तथा विभेदको शिकार भएको छ । प्रदेश २ को ईन्सकका अध्यक्ष राजु पासमान भन्छन्, : ‘न्यायका लागि प्रदेश सरकारदेखि लिएर संघीय सरकारसम्म गुहारेपनि केही पीडितले क्षतिपूर्ति पाएपनि न्याय नपाएको गुनासो लिएर आईरहेका छन् । ’

न्यायका लागि प्रदेश सरकारदेखि लिएर संघीय सरकारसम्म गुहारेपनि केही पीडितले क्षतिपूर्ति पाएपनि न्याय नपाएको गुनासो गर्छन ।

दलित समुदायमाथि नै किन पटकपटक यस्तो घटना दोहोरिने गरेको छ या गम्भिर विषय बनेको नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह बताउँछन् । ‘न्यायका लागि प्रदेश सरकारदेखि लिएर संघीय सरकारसम्म गुहारेपनि केही पीडितले क्षतिपूर्ति पाएपनि न्याय नपाएको गुनासो गर्छन ।’ उनले भने ।

प्रदेश २ मा १८ प्रतिशत दलित समुदायको जनसंख्या हुँदा पनि शिक्षा, स्वास्थ्य, राजनीति तथा रोजगारीमा पहुँच नभएको कारण पछाडि परेको छ । जबसम्म यी समुदायहरुको पहुँच सबै निकायमा हुँदैन तबसम्म सम्पन्न समाज र राष्ट्रको परिकल्पना असम्भव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);