काठमाडौँ ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णतः असफल भएको बताउनुभएको छ । मंगलवार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भुमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाउनुभएको हो । सरकार बनेको ६ महिना पूरा भएको सन्दर्भमा प्रतिक्रिया दिँदै महरले शुरुमा जनतामा रहेको उत्साह र आशा अहिले निरासामा परिणत भएको बताउनु भयो । उहाँले युवा र नयाँ अनुहारको सरकारबाट देशले आर्थिक तथा सामाजिक रूपान्तरणको फड्को मार्ने अपेक्षा गरिए पनि सरकार ‘स्टन्ट’ र सस्तो लोकप्रियतामै केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।
सरकारले लोकतान्त्रिक संस्थाहरू, विद्यार्थी सङ्गठन र कर्मचारी संयन्त्रमाथि प्रहार गरिरहेको आरोप लगाउनु भयो । कानूनी राज्यको धज्जी उडाउँदै विना अभियोग र प्रमाण व्यक्तिहरूलाई पक्राउ गर्ने, थुन्ने र राज्य आतङ्क सिर्जना गर्ने काम भइरहेको भन्दै महरले सरकारको कार्यशैली स्वेच्छाचारी र निरङ्कुश भएको जिकिर गर्नुभयो ।
This website uses cookies.