काठमाडौँ ।
छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ । छठ पर्वका लागि नदी, पोखरी तथा जलाशय किनारमा सरसफाइ गर्ने, पूजास्थल निर्माण गर्ने र सजावटका कामलाई तिब्रता दिइएको छ । व्रतालु तथा श्रद्धालु भक्तजनको सहजताका लागि विभिन्न स्थानमा घाट व्यवस्थापनको काम भइरहेको छ । तराई–मधेसमा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सामूहिक रूपमा मनाउने क्रम बढ्दै गएको छ । राजधानीमा बसोबास गर्ने तराई–मधेससहित विभिन्न समुदायका नागरिकले छठ पर्वलाई साझा सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्वका लागि काठमाडौंका जलाशयहरूमा समेत भक्तजनको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
This website uses cookies.