आफ्नै घरमा झण्डिएको अवस्थामा प्रहरीको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ , ८ असोज । तेह्रथुमको एक बेस क्याम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजारमा तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको माथिल्लो तल्लामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जानकारी दिएको छ ।

४१ वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);