दलित महिला सदस्य मृत फेला  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दलित महिला सदस्य मृत फेला 

खोटाङ। रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् । मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। हजुरबाको मरण भएको कान्छा काकाको घरमा बुधबार राति बुबाआमा गएपछि मेनुजा र दुई छोरीसहित माइतीमै सुतेका थिए । रातको २ बजे पिसाब फेर्न गएर आएपछि सुतेकी उनी घरमै मृत अवस्थामा फेला परेको वडा सदस्य महेश श्रेष्ठले बताए।

श्रीमान भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएपछि उनी दुई छोरीसहित घर सम्हाल्दै आएकी थिइन् । मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्ने गरेकाे रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्राे पटक विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी उमेश लम्सालले बताए । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रसेर राई बिहीबार बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);