रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछः भीष्मराज आङदेम्बे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८३, सोमबार

रास्वपाले गर्ने निर्णयअनुसार विवादित न्यायाधीशमाथि महाभियोगमा काँग्रेसले धारणा बनाउँछः भीष्मराज आङदेम्बे

काठमाडौँ ।

विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताउनु भयो । उहाँले गलत क्रियाकलापका विषयमा काँग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै रास्वपाले यस विषयलाई कसरी संसदमा प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।रास्वपाले विचौलिया ईनम सापकोटासँग कनेक्सन रहेका न्यायधीशमाथी महाभियोग लगाउनेगरी छलफल अगाडी बढाएको छ । तर रास्वपाले पनि महाभियोगका बारेमा ठोस धाराणा सार्वजानिक गरेको छैन ।

Leave a Reply

ताजा समाचार