१० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत मृत फेला | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

१० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत मृत फेला

काठमाडौँ ।
कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छन । २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।मृत भेटिनेमा घोडाघोडी नगरपालिका(७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।

डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालयले बताएको छ।प्रहरीकोअनुसार आमाछोरी एउटै रूखमा फरक(फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ । तर, विस्तृत घटना अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको प्रष्टोक्ति छ ।आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।

 

Leave a Reply

ताजा समाचार