गोंगबुमा गोरखा र तनहूँका युवा–युवती मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

गोंगबुमा गोरखा र तनहूँका युवा–युवती मृत फेला

death

काठमाडौं, ३० जेठ । गोंगबुको एउटा होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा सोमबार युवायुवती मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

होटलभित्रको बाथरुममा केटा र कोठाभित्र झुण्डिएको अवस्थामा केटी फेला परेका हुन् । प्रहरीको अनुसार गोरखाका दिनेश सार्की र तनहुँकी मुस्कान वयकको मृत्यु भएको हो ।

सोमबार बिहान होटलका कामदारले खाना खान बोलाउन जाँदा ढोका नखुलेपछि उनीहरुले प्रहरीलाई खबर गरिदिएका थिए ।

प्रहरीसहितको टोलीले ढोका खोल्दा महिला कोठाभित्र र बाथरुममा चुकुल लगाएर झुन्डिएको अवस्थामा पुरुषको शव फेला परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);