काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला

death

काठमाडौं। काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् । मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् । उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);