विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 

काठमाडौं । काठमाडौं, चितवन, नवलपरासी ९पश्चिम० र धनकुटामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडक पेटीमा ओखल्ढुंगा घर भएका ३६ वर्षीय राम बहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१८ डाँडा गाउँ बस्ने ४५ वर्षीय नथुराम मैनाली आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्विमको सरावल गाउँपालिका–१ तुल्सीनगरस्थित थारु संग्रालय नजिकै रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब २० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । धनकुटाको साँगुढीगढी गाउँपालिका–५ मानेडाडा बस्ने ४४ वर्षीय बुद्धि बहादुर लिम्बु सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार मानेडाँडा बजार गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);