विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 

काठमाडौं । मुस्ताङ, स्याङ्जा, तनहुँ, ओखलढुंगा र कपिलवस्तुमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्बास्थित स्याउ बारीमा धादिङ खनियाबास गाउँपालिका–४ दार्खा घर भएका ४९ वर्षीय चन्द्र बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

स्याउ बारीमा पानी लगाउन भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

स्याङ्जाको पुतलिबजार नगरपालिका–१३ राङखोलास्थित आँधिखोलामा फेदिखोला गाउँपालिका–२ चनौटे बस्ने ५२ वर्षीय श्याम बहादुर गोदार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–७ वर भञ्ज्याङ बस्ने ७१ वर्षीया सेती कुमारी सेन आफ्नै घरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीको किनारमा हाल पहिचान नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ भकलापुर घाटस्थित वाणगंगा नदीको किनारमा हाल पहिचान नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छिन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);